• सोमबार, असोज ५ २०८३

बार्सिलोनाको भिल्लारियलमाथि सानदार जित


आइतबार, मंसिर १२ २०७८
530
Shares

स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा ३–१ गोलले हरायो।

बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिप कोउटिन्होले गोल गरे। भिल्लारियलका स्यामुइल चुक्वेजीले एक गोल फर्काए।

पहिलो हाफ गोलरहित सकिएको खेलमा बार्सिलोनाले ४८औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो।४८औं मिनेटमा डि जोङले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए। त्यसपछि ७६औं मिनेटमा स्यामुइलले अर्नाउट डानजुमाको पासमा गोल गर्दै भिल्लारियललाई खेलमा फर्काउने प्रयास गरे।

भिल्लारियलको बराबरी गोलपछि जोसिएको बार्सिलोनाले ८८औं मिनेटमा पुनः अग्रता लियो। डिपाएले भिल्लारियलको रक्षकको गल्तीमा गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए। इन्जुरी समयमा कोउटिन्होले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई सजिलै जिताए।

भिल्लारियलका जुआन फोयथले डिबक्सभित्र फल खेलेपछि बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो। ५० प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलले बार्सिलोनाको रक्षापंक्ति तोड्न सकेन। बार्सिलोनाका मेम्फिस डिपाए ‘म्यान अफ दी म्याच’ भए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार