
गीतकार प्रह्लाद शाहको शब्द तथा गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङको युगल स्वर रहेको गीत ‘शीतल जुन’ सार्वजनिक भएको छ ।
कल्याण सिंहको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन गोपाल रसाइली गरेका हुन् ।गीतको भिडियो पनि बनेको छ । जसमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ ।
दीपक घिमिरे र पूजा ठाकुरको रोमान्टिक रोमान्टिक मुड भिडियोमा देख्न सकिन्छ ।
बुद्ध थापाको छायाङ्कन, दिन्सन शाहको सम्पादन रहेको भिडियो गणेश शाहीको निर्देशन गरेका हुन् ।