• सोमबार, असोज ५ २०८३

सिद्धार्थ शुक्लाले गाएको गीत डिसेम्बर १२ मा रिलिज हुने


आइतबार, मंसिर १२ २०७८
1.5K
Shares

काठमाडौं । भारतीय अभिनेता एवं बिग बोस विजेता सिद्धार्थ शुक्लाको निधन भएको दुई महिना बितिसकेको छ । उनी अभिनेताका साथै गायक पनि बन्न चाहन्थे ।

सिद्धार्थले यो रहर पूरा गर्न आफ्नो स्वरमा एक गीत पनि रेकर्ड गराएका थिए । तर उनको आकस्मिक निधन भएपछि गीत सार्वजनिक हुन पाएको थिएन । अब सिद्धार्थको परिवारले उनको जन्मदिन अर्थात् डिसेम्बर १२ मा उक्त गीत रिलिज गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार सिद्धार्थले यो गीत आफ्नो पूर्ण क्षमताले गाएका छन् । उनकी प्रेमिका शहनाज गिलले पनि यो गीत गाउने बेलामा सिद्धार्थलाई पूरापूर साथ दिएकी थिइन् ।

यसमा स्वर भने सिद्धार्थको सोलो छ । यो गीतको म्युजिक भिडियो लिरिकल हुने र यसमा कुनै असाधारण कुरा नराखिने बताइएको छ ।

शहनाजले पनि केही समयअघि सिद्धार्थलाई समर्पित गर्दै एक गीतको भिडियो सार्वजनिक गरेकी थिइन् । सिद्धार्थ र शहनाजको भेट बिग बोस १३ का क्रममा भएको थियो । त्यसपछि दुवै नजिकिएका थिए ।

सिद्धार्थको ४० वर्षको उमेर हृदयघातबाट दुई महिनाअघि निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार