• सोमबार, असोज ५ २०८३

अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु


आइतबार, मंसिर १२ २०७८
890
Shares

गैर कानुनीरुपमा अमेरिका जान भनेर हिँडेका एक नेपाली युवाको अफ्रिकी देश घानामा मृत्यु भएको छ।

अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम मुसीकोटका २८ वर्षीय रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु भएको हो।उनले अमेरिका जानको लागि चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएको खुलेको छ।

१० दिनअघि सियरा लियोनको फ्रिटाउनबाट अक्रा पुगेका बोहराको मृत्यु मलेरियाबाट भएको दक्षिण अफ्रिकास्थित नेपाली चिकित्सक एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य संयोजक डा सरिता पाण्डेले जानकारी दिइन्।

मलेरियाले ग्रस्त बनाएको अवस्थामा इमिरेट्स एयरलाइन्सले उनलाई अक्रा एयरपोर्टको ट्रान्जिटमा अलपत्र छाडिदिएको थियो।

बोहराको गम्भीर स्वास्थ्य स्थितिका बारेमा जानकारी पाएपछि घानास्थित भारतीय उच्चायुक्त, गैरआवासीय भारतीय तथा नेपाली समुदायले उनको उपचारमा सहयोग गर्दै आएका थिए। उपचारकै क्रममा शनिबार उनको मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार