• सोमबार, असोज ५ २०८३

विश्व बजारमा १० प्रतिशतभन्दा बढीले घट्यो तेलको भाउ


आइतबार, मंसिर १२ २०७८
595
Shares

विश्व बजारमा कच्चा तेलको भाउ एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको छ।

कोरोना भाइरसको नयाँ भेरियन्टबारे बढेको आशंकाको कारण शुक्रबार विश्व बजारमा ब्रेन्ट कच्चा तेलको भाउ १०.७ प्रतिशत घटेर प्रतिब्यारेल ७३.४५ डलरमा आइपुगेको छ।

विशेषगरी युरोपेली र एसियाका केही मुलुकले नयाँ भेरियन्टबारे चासो व्यक्त गर्दै भ्रमणमा प्रतिबन्ध लगाएसँगै तेलको भाउ घट्न पुगेको हो। ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट केही अफ्रिकी मुलुकमा फैलिएको छ।

त्यस्तै शुक्रबार अमेरिकी कच्चा तेलको भाउ पनि ११.६ प्रतिशतले घटेर प्रतिब्यारेल ६९.२७ डलरमा आइपुगेको छ। सन् २०२० को अप्रिलमा विश्वव्यापी अर्थतन्त्र र भ्रमणका लगाइएको प्रतिबन्धयता पहिलोपटक तेलको भाउमा एकैदिन यति ठूलो गिरावट देखिएको हो।

यसअघि तेलको भाउ निरन्तर बढेसँगै अमेरिका तथा विश्वभरका अन्य ठूला प्रयोगकर्ताले तेल उत्पादन मुलुकलाई उत्पादन बढाउन आग्रह गरेका थिए। केही मुलुकले आफ्नो सञ्चित कच्चा तेलको प्रयोग गर्दै तेलको आपूर्ति सहज गर्ने प्रयास गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार