• आइतबार, भाद्र २१ २०८३

कोरोनाको नयाँ भेरिएन्टले विश्वभर बढायो चिन्ता,भारतले पनि गर्यो कडाई


आइतबार, मंसिर १२ २०७८
680
Shares

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रूप ‘ओमिक्रोन’ देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित विश्व नै चिन्तामा परेको छ।

त्यही खतरा विचार गरेर विश्वका धेरै देशले दक्षिण अफ्रिकासहित अफ्रिकाका ७–८ देशका विमान र यात्रुलाई प्रवेशमा रोक लगाउन थालेका छन्।

दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट आउने उडानमा प्रतिबन्ध लगाइएको हो। प्रतिबन्ध लगाउने देशहरूमा अमेरिका, क्यानडा, बेलायत, युरोपेली संघ, जापान, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइन हुन्।

नयाँ भेरिएन्टको जोखिमका कारण भारतले पनि अफ्रिका, बोत्सवाना र हङकङबाट आउने यात्रुलाई पहिलेभन्दा बढी कडाइका साथ स्क्रिनिङ गरिने घोषणा गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार