• सोमबार, असोज ५ २०८३

आफ्नै देवरको हत्या गरी जलाएको आरोपमा भाउजु पक्राउ


आइतबार, मंसिर १२ २०७८
615
Shares

आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा सल्यानमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्या आरोपमा प्रहरीले उनकी भाउजु २६ वर्षीया लक्ष्मी चन्द छिमेकी २५ वर्षीया राधा पौडेल चन्दलाई पक्राउ गरेको हो।

चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो। प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

हत्या गरिएका चन्द गत वर्ष फागुनमा वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनकी श्रीमती माइतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ।

आरोपित लक्ष्मीका श्रीमान् वैदेशिक रोजगारीमा छन्। बाबुआमा कोहलपुर बस्ने भएकाले घरमा उनी र शेरबहादुर एक्लै भएकाले घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। हत्याको कारण खुलेको छैन। यस विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार