• सोमबार, असोज ५ २०८३

शहिद लखनमा ५ जनालाई विशेष पुरस्कार, उत्कृष्ट कार्यसम्पादन गर्ने २० कर्मचारी सम्मानित


शुक्रबार, मंसिर १० २०७८
970
Shares

गोरखा । गोरखाकाे शहिद लखन गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने २५ जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरेकाे छ । बिहिबार गाउँपालिकाकाे भवन उद्घाटनकाे बिशेष कार्यक्रम आयाेजना गरी गाउँपालिकाले ५ जनालाई बिशेष पुरस्कार र २० जनालाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेकाे हाे ।

उत्कृष्ट कार्यसम्पादन, बेरुजु कम गर्ने कार्यसंगै काेराेना भाइरसकाे राेकथाम र ब्यवस्थापनमा अहाेरात्र खटिने ५ जनालाई भने गाउँपालिकाले नगद ३० हजारसहित सम्मानपत्र र दाेसल्लाले पुरस्कृत गरेकाे छ ।

साे पुरस्कारबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवनबहादुर आले मगर, लेखा अधिकृत सन्तोष लामिछाने, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, बुंकोट स्वास्थ्य चौकीका कोभिड फोकल पर्शन विश्व श्रेष्ठ र बुंकोट स्वास्थ्य चौकीकै ल्याब टेक्नीसियन कञ्चना थापा मगरलाई सम्मान गरिएकाे गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

उनिहरुलाई गोरखा संघिय क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

त्यस्तै गाउँपालिकाले ५ बर्षमा हरेक बर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई समेत सम्मान गरेकाे छ । जसमा आ.व. २०७३/७४ बाट ४ जनालाई सम्मान गरिएकाे छ । सम्मान प्राप्त गर्न सफल हुनेहरुमा शर्मिला गुरुङ्ग (कार्यालय सहयोगी, शहिद लखन गाउँपालिका), सञ्जय राना मगर (कम्प्युटर अपरेटर, शहिद लखन गाउँपालिका), पूर्ण बहादुर गहतराज (वडा सचिव, वडा नं. ६), राजु श्रेष्ठ (कार्यालय सहायक, वडा नं. ३) रहेका छन् ।

यसैगरी आ.व. २०७४/७५ मा रुद्र राना (कार्यालय सहायक, वडा नं. ७), प्रसाद अर्याल (वडा सचिव, वडा नं. २), विष्णु बुढा मगर (वडा नं. ९, वडा सचिव), मेघनाथ प्रसाद यादव (सब इन्जिनियर, शहिद लखन गाउँपालिका) उत्कृष्ट कर्मचारीबाट सम्मानित भएकाे अध्यक्ष थापा मगरले जानकारी दिए ।

त्यस्तै आ.व. २०७५/७६ बाट सम्मानित हुनेहरुमा प्रदिप श्रेष्ठ (सूचना प्रविधि अधिकृत, शहिद लखन गाउँपालिका), विष्णु थापा मगर (इन्जिनियर, शहिद लखन गाउँपालिका), बिजयराज पौडेल (प्राविधिक सहायक), गोविन्द बहादुर चौधरी (कार्यालय सहयोगी, शहिद लखन गाउँपालिका) रहेका छन् ।

आ.व. २०७६/७७ बाट सानुकाजी बस्नेत (सहायक पाँचौ, शहिद लखन गाउँपालिका), मनिला श्रेष्ठ (अनमी, बुंकोट स्वास्थ्य चौकी, बुंकोट), प्रतिक्षा श्रेष्ठ (अनमी, बुंकोट सामुदायिक स्वास्थ्य इकाई, वडा नं. ८), मोहनराज विष्ट (शिक्षा समन्वयकर्ता) उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित भएकाे गाउँपालिकाले जनाएकाे छ ।

यसैगरी आ.व. २०७७/७८ मा भने मनोहरी ज्ञावाली (वडा सचिव, वडा नं. ५), मम् बहादुर थापा (कार्यालय सहयोगी, वडा नं. ४), मिन बहादुर परियार (कार्यालय सहयोगी, वडा नं. २), मेख बहादुर भट्ट (कार्यालय सहयोगी, वडा नं. १) लाई सम्मान गरिएकाे छ । उनिहरुलाई नगद २५ हजारसहित सम्मान पत्र र दाेसल्लाले सम्मान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत जिवन बहादुर आले मगरले बताए ।

कार्यक्रममा उपाध्यक्ष इन्दिरा तिवारीसहित सबै वडाका वडाध्यक्षहरु, कर्मचारी, स्थानीय बुद्धिजिवी लगायतकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार