• सोमबार, असोज ५ २०८३

जनगणनाको प्रारम्भिक नतिजा फागुन मसान्तसम्म सार्वजनिक हुने


शुक्रबार, मंसिर १० २०७८
970
Shares

१२ औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आगामी फागुन मसान्त सम्ममा सार्वजनिक गरिने भएको छ। सरकारले २५ कात्तिकदेखि ९ मंसिरसम्म देशैभरी एकसाथ जनगणना गरेको थियो।

१५ दिनसम्म चलेको जनगणनामा दार्चुलाको विवादित नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी र अन्यत्र छिटपुट घरपरिवारबाहेक नेपालको शतप्रतिशत जनसंख्या गणनामा सहभागी भएकाे केन्द्रीय तथ्यांक विभागको दाबी छ।

विभागका अनुसार मंसिर मसान्तसम्म देशभरबाट तथ्यांक भरिएका प्रश्नावली जम्मा गर्ने र पुसदेखि तथ्यांक प्रविष्ट (डाटा इन्ट्री) थालिनेछ । तीन महिनाभित्र देशभर रहेका महिला, पुरुष र घरपरिवार समेटिएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए। ‘एक वर्षभित्रमा जनगणनाको सबै प्रतिवेदन सार्वजनिक गर्नेछौँ,’ श्रेष्ठले भने।

नेपालको जनसंख्या करिब तीन करोड पुगेको अनुमान विभिन्न सरकारी निकायले गर्दै आएका छन्। १० वर्षअघि ०६८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या दुई करोड ६८ लाख थियो। नेपालमा प्रत्येक १०–१० वर्षमा जनगणना हुँदै आएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार