• सोमबार, असोज ५ २०८३

बुङ्कोटको मकैपुर प्राविलाई गुरुङले गरे शैक्षिक सामाग्री सहयोग


शुक्रबार, मंसिर १० २०७८
840
Shares

गोरखा । बुङकोटकाे मकैपुर प्राथमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । शहिद लखन गाउँपालिका वडा नं. ७ मा साे प्राविलाई स्थानीय ई. फत्तबहादुर गुरुङ्गले शैक्षिक सामाग्री सहयाेग गरेका हुन ।

वडा कार्यालयको समन्वय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गन्ज बहादुर गुरुङको विशेष पहलमा उनका छोरा समेत रहेका ई. गुरुङले शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

गुरुङले नगद ५० हजार, ३२ पिस झोला, ३२ सेट ट्रयाकसुट उपलब्ध गराएको वडा अध्यक्ष शरण श्रेष्ष्ठले जानकारी दिए ।

श्रेष्ठले आफ्नो व्यक्तिगत रुपमा तीन दर्जन कपी सहयोग गरेका छन् । विद्यालयमा हाल एक देखि तीन कक्षा सम्म विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार