
गोरखा । सुरक्षित आप्रवाशन परियोजना (सामी) कोे स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय बैठक गोरखामा सम्पन्न भएको छ ।
बुधबार गोरखाको गोरखा नगरपालिकाको सभाकक्षमा सुरक्षित आप्रवाशन परियोजना (सामी) को बैठक सम्पन्न भएको हो ।
यसअघि गोरखा नगरपालिका को ४ वटा वडाहरुमा सुरक्षित आप्रवाशन परियोजना कार्यक्रम अन्तर्गत बित्तिय साक्षरता तथा मनोसामजिक परमर्श कक्षा लागु गरिएकोमा यसलाई निरन्तरता कसरी दिन सकिन्छ र आगामी दिनमा अन्य वडाहरुमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सुरक्षित आप्रवाशन परियोजना (सामी) का जिल्ला संयोजक चन्द्र देबकोटाले जानकारी दिए ।
कार्यक्रममा वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श लिएकाहरुलाई आगामी दिनमा आर्थिक उपार्जन तथा उद्धमशिलतामा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको वित्तिय साक्षरता क्षत्रीय संयोजक अर्जुन शाहीले बताए ।
बैठकको मुख्य लक्ष्य व्यवसाय बृद्धि गर्ने र पशुपालन र कृषिका कार्यक्रम कसरी प्रभावकारी रुपमा लागु गर्न सकिन्छ भन्ने रहेको उनकाे भनाई छ । हाल गोरखा नगरपालिकाका वडा नं ९, १०, ११ र १२ मा सामीको कार्यक्रम लागु भएकोमा आगामी दिनमा सबै वडा हरुमा कार्यक्रमलाई निरन्तर दिने लक्ष्य रहेको सामाजिक बिकास अधिकृत बिजय भक्त तिवारीले बताए ।
हेल्वेटास नेपालको प्राविधिक सहयोगमा सामी परियोजनाले बिदेश जानेहरुलाई न्यायमा पहुँच, सूचनामा पहुँच तथा परामर्श दिने, बिदेशीएकाको परिवारहरुलाई वित्तिय साक्षरता तथा बिदेशबाट फर्केकाहरुलाई मनोसामाजिक परामर्श दिने कार्य गरिरहेको छ ।
स्थानीय सेवा प्रदायक एकिकरण नेपालको व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) गोरखा जिल्लाको गोरखा नगरपालिका सहित पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकामा र शहिद लखन गाउँपालिकामा सञ्चालित छ ।