• सोमबार, असोज ५ २०८३

कुवेतविरुद्ध नेपालको शानदार जित


बिहिबार, मंसिर ९ २०७८
615
Shares

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले हराएको छ। दुबईस्थित रंगशालामा कुवेतले दिएको २८ रनको झिनो लक्ष्य नेपालले ३ ओभर ३ बल खेल्दै भेट्टाएको हो।

नेपाललाई जित दिलाउन कप्तान रुबिना क्षेत्रीले अविजित १२ रन बनाइन् भने इन्दु बर्माले १३ रन बनाइन्।  

यसअघि ब्याटिङ गरेको कुवेतले १५ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २७ रन बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुवेतका ६ जना ब्याटर शून्य रनमा आउट भएका थिए। 

कुवेतलाई सस्तैमा रोक्ने क्रममा नेपालकी संगता राईले २ ओभर ४ बल फ्याँक्दै केवल २ रन दिएर ३ विकेट लिइन्। कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले समान २/२ विकेट लिएका थिए।

सरस्वती चौधरीले १ विकेट लिएकी थिइन्। ६ टोली सम्मिलित छनोटको शीर्षस्थानमा रहने टोलीले टी–२० विश्वकप छनोटको ग्लोबल छनोट खेल्न पाउनेछ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार