
कालीप्रसाद बाँस्कोटाको नयाँ गीत ‘सुन बाटुली।।।’ सार्वजनिक भएको छ।
कालिप्रसादकै स्वर तथा शब्द रचना रहेको गीतमा म्युजिक प्रोडक्सन सन्नी सुनमको छ । प्रेमिकालाई सम्झिएको प्रसंग र उसलाई पाउन प्रेमीले गरेको आग्रहलाई गीतमा उतारिएको छ।
गीतको भिडियो निश्चल बस्नेत र स्वस्तिमा खड्काले खेलेका छन्। भिडियोमा कालीप्रसादलाई पफर्मरका रुपमा देख्न सकिन्छ।
भिडियोको निर्देशन निश्चल बस्नेतलेनै गरेका हुन्।