• सोमबार, असोज ५ २०८३

जनगणना अन्तर्गत तथ्याङ्क लिने आज अन्तिम दिन, छुटेकाकाे घरमा पुन: गणक आउदै


बिहिबार, मंसिर ९ २०७८
980
Shares

राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गर्दैछन् ।

यसक्रममा आफ्ना घर-घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ ।

प्रत्येक १०/१० बर्षमा एकपटक हुने जनगणना एक महत्वपूर्ण राष्ट्रिय घटना मानिन्छ । गणकहरुलाई उपलब्ध गराइएको विवरणबाटै राजनीतिक, सामाजिक, शैक्षिक र आर्थिक कार्ययोजनाको खाका तय गरिने हुंदा यसमा सहभागी हुनु आम नागरिकको दायित्व पनि हो ।

१२ औं राष्ट्रिय जनगणना अन्तरगत देशभर ४० हजार गणकका साथै साँढे ८ हजार सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणना गत मंसिर २५ गतेदेखि शुरु भएको हो ।

यता गोरखामा समेत राष्टिय जनगणनाको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म जिल्लाभर ९७ प्रतिशत काम सम्पन्न भइसकेको जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ ।

जिल्लाका ११ वटै स्थानीय तहका जनगणनाको काम अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख महेशप्रसाद ढुङ्गानाले बताए ।

जनगणनाको काम अन्तिम चरणमा रहेकाले सुपरिवेक्षकले नियममित रुपमा गणकहरुसँग समन्वय गरिरहेको उनले बताए ।

उनका अनुसार जनगणनामा खटिने गणकहरु आज ९ गते कामको व्यवस्ताले छुटेका वा उपचारको क्रममा बाहिर गएकाहरु विवरण टिपोट गर्ने छन् । सोही दिन गणकले सुपरिवेक्षकलाई प्रतिवेदन बुझाउने कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार