• सोमबार, असोज ५ २०८३

किसानलाई ब्यवसायिक बाख्रा पालन सिकाउँदै भेटेनरी अस्पताल


बिहिबार, मंसिर ९ २०७८
870
Shares

गोरखा । ब्यवसायिक रुपमा बाख्रा पालनका र ब्यवस्तापनका बारे भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जिल्लाका किसानहरुलाई तालिम दिएको छ ।

११ वटै स्थानीय तहका गरी २३ जना किसानलाई केन्द्रले सो सम्बन्धि तिन दिने तालिम दिएको हो । निर्वाहमूखी रुपमा बाख्रा पालन गरिरहेका तर तालिम लगायत अवसरहरुबाट बञ्चित रहेका किसानहरु छनोट गरी तिनदिने तालिम दिइएको केन्द्रका निमित्त प्रमुख लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

विशेष गरेर बाख्राका जात, गोठको ब्यवस्थापन, हेरचाह, सन्तुलित आहारको निर्माण, स्वास्थ्य सुरक्षा, विमा, प्रजनन्, घाँस खेती, रेखदेख लगायतका बिषयमा किसानलाई अभिमुखिकरण गराइएको केन्द्रले जनाएको छ ।

मंगलबारदेखि सुरु भएको तालिमले ब्यवसायिक रुपमा बाख्रा पालन तर्फ किसानलाई आकर्सित गर्न सहयोग पुग्ने समेत अपेक्षा केन्द्रको रहेको पौडेलले बताए ।

तालिममा पशु स्वास्थ्य प्राविधिक डा लालमणि अर्याल, पशु चिकित्सक लक्ष्मी प्रसाद पौडेल र नायव पशु प्राविधिक सुदिप विकले सहजीकरण गरेका छन् । तालिम आज बिहिबार सकिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार