• बिहिबार, साउन १४ २०८३

अमेरिकाबाट खोप आएपछि देशभरका विद्यार्थीलाई लगाइने


बुधबार, मंसिर ८ २०७८
595
Shares

सरकारले विदेशबाट ६० लाख मात्रा फाइजर खोप आउनासाथ देशभरका विद्यार्थीलाई कोभिड-१९ विरुद्ध खोप लगाउने योजना बनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार खोप आएपछि विद्यार्थीलाई लगाइहाल्ने जानकारी पत्रकार सम्मेलनमा दिएका हुन्।

उनले पहिलो एजेन्डा नै विद्यार्थीलाई खोप लगाएर सुरक्षित राख्ने रहेको बताए। उनका अनुसार खोप ५ वर्षमाथिका विद्यार्थीलाई लगाइने छ।

‘अमेरिकी सरकारसँग भएको सम्झौताअनुरूप ६० लाख फाइजर खोप नेपालमा छिट्टै आउँदै छ, आउनेबित्तिकै विद्यार्थीमा लगाइन्छ, आज स्वास्थ्यमन्त्रीलाई पनि भेटेर आएको छु।’

सरकारले ल्याएको ‘सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बनाउन कार्यविधि बनिसकेको जानकारी दिँदै उनले कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याउने दाबी गरे। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार