• सोमबार, असोज ५ २०८३

सुदिपको ‘एक बचन बोल्दैमा’ मा उषा उप्रेती


बुधबार, मंसिर ८ २०७८
1.1K
Shares

गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, संगीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ ।

भिडियोमा उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । राम केसीले छायाङ्कन, टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा भिडियो तयार भएको हो ।

एक दशकदेखि जापानमा बस्दै आएका गायक थकालीले यस अगाडि ‘उडी जाने पन्छी’, ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’ गीत सार्वजनिक गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार