• सोमबार, असोज ५ २०८३

क्रिकेटर सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलिया प्रस्थान


बुधबार, मंसिर ८ २०७८
700
Shares

आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् । बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ ।


सन्दीपले बीबीएल लिगमा कुल १९ खेल खेल्दा ३४ विकेट लिएका छन् । सन्दीप बीबीएल लिग क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार