• सोमबार, असोज ५ २०८३

मन पर्ने पार्टनर भेटिसकेँ, अब विवाह गर्छुः रेखा थापा


बुधबार, मंसिर ८ २०७८
685
Shares

नायिका रेखा थापाले आफू विवाह गर्ने तयारीमा रहेको बताएकी छन्।

सिनेपाटीलाई अन्तर्वार्ता दिँदै उनले आफूले मन पर्ने मानिस भेटिसकेको र चाँडै विवाह गर्ने बताएकी हुन्।

‘गर्छु डेफिनेट्ली गर्छु, विवाहको एगेन्समा म होइन, मलाई लाग्छ -एउटा पुरुषबिना नारी र नारीबिना पुरुष अपूरो हुन्छ, यो सृष्टि चलाउनलाई पनि र एकअर्काको सारथिका हिसाबले पनि’, नायिका थापाले भनेकी छन्, ‘डेफिनेट्ली, म एउटा मन मिल्ने र विचार मिल्ने अनि आत्मीयता मिल्ने र, सँगै यात्रामा हिँड्दा सहज महसुस हुने पार्टनर आएपछि, आउनेवाला छ, भेटिसक्या छु।’

तर उनले कोसँग र कहिले विवाह गर्ने भन्ने कुरा खुलाइनन्। विचार गरिरहेको मात्र बताइन्। एक वर्षअगाडिसम्म विवाह भनेपछि डर लाग्ने आफू समयसँगै परिवर्तन भएको उनले बताएकी छन्।

‘एक वर्षअगाडि पनि मलाई विवाह भनेपछि डर लाग्थ्यो, मबाट हुँदैन यो जस्तो लाग्थ्यो’, नायिका थापाले भनेकी छन्, ‘तर टाइम चेन्ज हुँदो रहेछ। गर्छु म।’

केही वर्षअघि उनले फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार