• सोमबार, असोज ५ २०८३

रोनाल्डोको कीर्तिमानी गोल, म्यानचेस्टर युनाइटेडको अन्तिम चरणमा


बुधबार, मंसिर ८ २०७८
530
Shares

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २-० को सहज जित निकाल्दै एक खेल अगाडि नै लिगको नकआउट चरणमा स्थान पक्का गरेको हो।घरेलु टोली भिल्लारियललाई हराउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले गोल गरे।

मंगलबार राति भिल्लारियलमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा म्यान्चेष्टर युनाइटेडले गोल गरेको थियो।

खेलको ७८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाए। यो सँगै रोनाल्डोले व्यवसायिक खेल करिअरमा ८ सय औं गोलको नयाँ कीर्तिमान बनाएका हुन्।

इन्ज्युरी समयमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडको जित पक्का गरे। जितपछि युनाइटेडको ५ खेलबाट १० अंक भएको छ।

पराजित भिल्लारियल ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एटलान्टाको ६ तथा योङ ब्वाइजको ४ अंक छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार