• सोमबार, असोज ५ २०८३

चन्द्रागिरिको इन्द्रदहमा मानव कंकाल फेला


बुधबार, मंसिर ८ २०७८
3.4K
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा मानव कंकाल फेला परेको छ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोकस्थित इन्द्रदहमा मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

मंगलबार अपराह्न ५ बजे त्यहाँ मानव कंकाल फेला परेको भन्दै प्रहरीले खबर पाएको थियो। सो खबरपछि महानगरीय प्रहरी वृत्त थानकोटको टोली घटनास्थल पुगेको छ।

साँझ भइसकेकोले अहिले घटनास्थलमा केही पनि नगरेको परिसरका प्रहरी निरीक्षक अनिल अधिकारीले जानकारी दिए।

ुसाँझ भइसकेको हुनाले प्रहरीको टोलीले अहिले केही गरेको छैन। भोलि बिहानै टोली पुगेर अनुसन्धान अघि बढाउँछ,ु अधिकारीले भने।


यस्तै मंगलबार नै भक्तपुरको एक सामुदायिक वनमा पनि मानव कंकाल फेला परेको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

कंकाल लप्सीको रूखको फेद नजिकै फेला परेको हो। रूखको हाँगामा जुटको डोरीको पासो चुँडिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

घटनास्थलबाट एचपी इन्भेन्ट लेखिएको कालो रंगको झोला, नाम्लोको फिता, चेक सर्ट, चक्कु, प्लाष्टिकको फिता, बाँसको चोया, प्लाष्टिकमा प्याक गरी राखेको रुद्धाक्ष, दाँत माझ्ने ब्रस, मास्क, पत्रिकाको टुक्रा, एक जोर खरानी रंगको गोल्डस्टार जुत्ता, सुप्रिम लेखिएको सेतो टिसर्ट, गोल्ड ओरिजिनल लेखिएको कालो ज्याकेट र खैरो रंगको पाइन्ट फेला परेको हो।

प्रहरीले कंकालको पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार