• सोमबार, असोज ५ २०८३

नवलपरासीमा पुलबाट खसेर साइकलयात्रीको मृत्यु


बुधबार, मंसिर ८ २०७८
2.2K
Shares

नवलपरासी । पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर एक साइकलयात्रीको मृत्यु भएको छ।

नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मंगलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए। उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार