• सोमबार, असोज ५ २०८३

बसले ठक्कर दिदा विद्यार्थी नेताको मृत्यु


बुधबार, मंसिर ८ २०७८
480
Shares

गोरखा । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।

मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम तनहुका सइ डम्बर क्षेत्रीले बताए ।

‘ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको रहेछ, बस र चालक हामीले नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने । मृतक देवकोटा पालुङटार नगरपालिका ४ निवासी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार