• सोमबार, असोज ५ २०८३

आँचलको ‘झिंगे दाउ’पछिको नयाँ फिल्म


बुधबार, मंसिर ८ २०७८
590
Shares

काठमाडौं। केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक आशिष सचिनले नायिका आँचल शर्मासँग चलचित्रमा अभिनय गर्न चाहेको बताए ।

आँचलसँग केही भिडियोमा काम गरेका आशिष उनको काम गर्ने शैलीबाट प्रभावित भएको बताए ।

म्युजिक भिडियोमा महंगो लगानी गर्दै आएका आशिषले आफ्नो चलचित्रमा आँचल नै नायिका हुने बताएका छन् । आशिषले नयाँ चलचित्र कहिलेबाट शुरु गर्छन्, त्यो भने बताएका छैनन् ।

नायिका आँचल शर्माले लकडाउन अगाडि चलचित्र ‘झिंगे दाउ’मा काम गरेकी थिइन् । यो चलचित्रपछि आँचलले नयाँ चलचित्र साइन गरेकी छैनन् । तर, उनले चलचित्रमा काम गर्न लागेको विषयमा समाचार भने सार्वजनिक नभएका होइनन् ।

आँचल आफैंले पनि चलचित्र निर्माण गर्न लागेको खबर बाहिरिएको थियो । निर्देशक मिलन चाम्सलाई लिएर उनले चलचित्र बनाउन लागेको र यो चलचित्रका लागि नायक प्रदीप खड्कालाई अफर गरिएको भने खबर सार्वजनिक भएको थियो ।

मिलन र आँचलको चलचित्र निर्माण हुनका लागि पनि केही समय लाग्नेछ । तत्काल भने

आँचल को हातमा चलचित्र छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार