• सोमबार, असोज ५ २०८३

भुटानविरुद्ध नेपालको पहिलो बलिङ


मंगलबार, मंसिर ७ २०७८
935
Shares

Nepali Women cricket team celebrates after winning the opening game of 13th South Asia Games (SAG) held in Pokhara on Monday, December 2, 2019. Photo: RSS

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो खेलमा नेपालले भुटानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । नेपाल पहिलो खेलमा हङकङसंग ६ विकेटले पराजित भएको थियो ।
६ टोली सहभागी छनोटमा विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्न नेपालले बाँकी चार वटै खेल जित्नुपर्नेछ ।

भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो । आजै भएको खेलमा हङकङ युएईसंग पराजित भएपछि नेपाललाई फाइदा पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार