गोरखा । मेला मनाउन शहिद लखन गाउँपालिकामा भोलि (बुधबार) सार्वजनिक विदा दिइएको छ ।
नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना माईको मन्दिरमा गुठी पञ्चमीको दिन विशेष मेला लाग्ने हुदा गाउँपालिकाले पालिकाभर सार्वजानिक बिदा दिएकाे अध्यक्ष रमेश बाबु थापा मगरले बताए । यससंगै बुधबार गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।
कार्यपालिका वैठकले गरेको निर्णय अनुसार २०७८ मंसिर ८ गते बुधबार गाउँपालिका अन्तरगत सम्पूर्ण कार्यालय र विद्यालयहरुमा समेत स्थानीय विदा हुने गाउँपालिकाले जारी गरेकाे सूचनामा उल्लेख छ ।