• बिहिबार, साउन १४ २०८३

खोप लगाएको प्रमाणपत्र भए मात्र भारत जान पाइने


मंगलबार, मंसिर ७ २०७८
690
Shares

अब कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाएर मात्रै भारत जान पाइने भएको छ ।

नेपाल र भारत दुवै देशमा आवतजावत गर्न लागि अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सचिव डा। रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सचिव डा। पोखरेलका अनुसार भारत र नेपालका दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न पाउने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार