• सोमबार, असोज ५ २०८३

दरौँदी किनारमा एक सातादेखि हराइरहेकी महिलाको शव फेला


मंगलबार, मंसिर ७ २०७८
685
Shares

गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन्।

गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन्।

उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौँदीखोला किनारमा मृत फेला पारिएको हो।

तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार