• सोमबार, असोज ५ २०८३

गोरखामा नमूना ग्रीन हाउस बनाउने योजना


मंगलबार, मंसिर ७ २०७८
630
Shares

xfO6]s 6g]{ndf ;fu unsf]6, @* ;fpg M lhNnfsf] afun'ª gu/kflnsf–# d"nkfgLdf DofUbL lhNnfaf6 cfP/ a:g]t t/sf/L kmd{ vf]Ng'ePsf] ;? a:g]tsf] kmd{sf] xfO6]s 6g]{ndf pTkfbg ePsf] ;fu . pxfFn] t/sf/Laf6 aflif{s !@ nfveGbf a9L cfDbfgL ub}{ cfpg'ePsf] 5 . tl:a/ M v]d/fh uf}td÷ /f;;

कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुंगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ।

कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछा पोखरी, च्याउ घर निर्माण गर्न लागेको कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिए।
कार्यालयको नाममा भएको उक्त जग्गामा दुई भवन रहेको भए पनि गएको करिब ३५ वर्षदेखि उक्त जमिन र घर उपयोगविहीन हुँदै आएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए।

ुटिनको छाना भएका तीनरतीन कोठे दुई भवन रहेछ, दुवै भवन जीर्ण अवस्थामा रहेको पाइयो,भवनको मर्मत सम्भार गर्ने र कार्यालयको नाममा रहेको जमिनलाई तारजाली गरी संरक्षण गर्न बजेट समेत प्राप्त भएको छु, उनले भने।

गण्डकी प्रदेश सरकारबाट भवन संरक्षणलगायतका कामका लागि चालू आर्थिक वर्षमा रु ५० लाख रकम प्राप्त भएको छ।प्रदेश सरकारले कृषि ज्ञान केन्द्रको स्रोत केन्द्र संरचनात्मक सुधार कार्यका लागि रु १० लाख विनियोजन गरेको छ भने उक्त नमूना ग्रीन हाउस निर्माणका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको प्रमुख अधिकारीले जानकारी दिए।

विनियोजित कार्यक्रमबाट उक्त जमिनमा तारजाली लगाउने, जीर्ण भवन मर्मत गर्ने, पानी पोखरी निर्माण गर्ने नमूना ग्रिन हाउस निर्माण गर्नेलगायतको योजना रहेको छ।

त्यस्तै, प्लाष्टिकको घर निर्माण गरी तरकारी खेती, नर्सरी निर्माण गरी बेर्ना उत्पादन गर्ने लगायतका योजनासमेत कार्यालयको रहेको कार्यालयले जनाएको छ।

पानी पोखरी निर्माण गरी लिफ्टिङ गरी पोखरीको पानीको व्यवस्था गरिनेछ।

उनले भने, ३०र४० गोलासहितको घार राखेर मौरीपालन गर्ने योजना छ।

पहाडी खाद्यान्न आयोजनाले करिब २०४३ सालतिर कार्यालयको उक्त जमिनमा भवन निर्माण गरे पनि भवन प्रयोगमा नआउँदा जीर्ण अवस्थामा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार