
पछिलोपटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डीएपी नेपाल भित्र्याउने तयारी गरिएको छ।
चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो।
नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल ल्याइन्छ। वीरगन्ज, विराटनगर र भैरहवा नाका पर्छन्।
कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय ९वीरगन्ज० का अनुसार सीमापारी भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो।
सीमापारी भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल ९डीएपी० अब तत्कालै नेपाल भित्र्याउने तयारी गरिएको कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार यसपटक भित्रिएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डीएपीमध्ये ९ हजार भैरहवा नाकाबाट, ९ हजार ५ सय वीरगन्ज नाकाबाट र ६ हजार ५ सय मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल भित्रिनेछ।
यसपटक भित्र्याइएको रासायनिक मल डीएपी विशेषगरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ। भारतीय सप्लायर्स कम्पनी इन्जियन पोटास लिमिटेडमार्फत नेपाल भित्र्याउन लागेको उक्त रासायनिक मल डीएपी कृषि सामग्री कम्पनी लिमिटेडमार्फत नेपालका विभिन्न भूभागमा पर्छ।
नेपाली भित्रिने विभिन्न मललाई देशका विभिन्न स्थानमा संरचना रहेको कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराइरहेको हो।