• बिहिबार, साउन १४ २०८३

काठमाडौं भित्रिनेलाई ४ ठाउँबाट कोरोना खोप दिइने


मंगलबार, मंसिर ७ २०७८
570
Shares

काठमाडौं । काठमाडौं भित्रिने‘हामी ४ वटा नाकामा कोभिड(१९ विरुद्धको खोप केन्द्र स्थापना गरिएको छ ।

काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा एक महिने खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम पुस ५ गतेसम्म चल्नेछ ।

बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाण कागजका आधारमा खोप दिइनेछ ।

‘हामी स्थानीयबासीसहित काठमाडौं आउने जाने सबैको स्वास्थ्य सुरक्षामा जिम्मेवार छौं । त्यसैले १८ वर्ष उमेर समूहमाथिका सबै नागरिकलाई प्रवेश नाकामै खोप उपलब्ध गराउन लागेका हौं,’ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने ।

उनले संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले काठमाडौं महानगरबाहिरका नागरिकलाई पनि सेवा दिएको बताए ।

महानगरको स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड÷एक्ट्राजेनिका खोप उपलब्ध हुने बताउँछन् ।

यससँगै महानगरका सवै ९३२ वटै० वडाहरुबाट मंसिर ७ र ८ गते कोभिड–१९ विरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

वडा खोप समन्वय केन्द्रले वडामा तोकेको केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले तोकेका अस्पतालहरुबाट खोप दिइनेछ ।

यसमा १८ बर्ष उमेर समूह माथिका यस खोप लगाउन छुटेका सवै नागरिक र यस अघि पहिलो मात्रा लगाएर ८ हप्ताको समय कटिसकेकालाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार