• सोमबार, असोज ५ २०८३

धार्चेका बिधार्थीलाई संभव नेपालकाे सहयाेग


मंगलबार, मंसिर ७ २०७८
875
Shares

गोरखा । धार्चे गाउँपालिकाका बिभिन्न वडाका बिधार्थीलाई संभव नेपाल नामक गैरसरकारी संस्थाले पाेसाकसहित शैक्षिक सामाग्री सहयाेग गरेकाे छ । धार्चेको वडा नम्बर १, २ र ३ का विद्यार्थीलाई साे संस्थाले ट्रयाकसुट, टोपी, होमवर्क डायरी र स्कुल ब्याग बितरण गरेको हाे।

भाैगाेलिक हिसाबमा विकट मानिने धार्चेका बिधार्थीलाई गाउँकै बिधालयमा पुगेर संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले सोमबार उक्त सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन ।

यसअघि समेत गोरखाका बिभिन्न पालिकामा बिभिन्न सहयाेग गर्दै आएकाे साे संस्थाले पछिल्लाे समय शैक्षिक क्षेत्रमा लगानी गर्दै आएकाे अध्यक्ष खत्रीकाे भनाई छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न सके दक्ष जनशक्ति उत्पादन हुने भन्दै आफ्नो पहिलो प्राथमिकता त्यसतर्फ रहेको उनले बताए।

विद्यालय तहमै पुगेर उनले समस्याहरुका बारेमा जनप्रतिनिधि, शिक्षक, अविभाबकसँग पनि छलफल गरेका थिए। चुमनुब्री र धार्चे गाउँपालिकाको लागि बाक्लो खालको ट्रयाकसुट र टोपी सहित सामग्री रहेको कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले बताए। आरुघाट, भिमसेन थापा गाउँपालिका भित्रका विद्यालयका लागि भने टोपी बाहेकका अन्य सबै सामग्री बितरण गरिएको छ।  

सोमवार भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले विद्यार्थीको मनोबल उच्च राख्न, विद्यालय जाने बतावरण सिर्जना संभव नेपालको सहयोगले मद्धत पुग्ने बताए।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य हरिबहादुर घलेले संभव नेपालले उत्तरी दुर्गम भेगका विद्यालय जाडोको बेला न्यानो लुगा दिएर पुण्यको काम गरेको बताए। कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर १ का सह सचिव पुष्कर गुरुङ, वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक लगायतले धारणा राखेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार