
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १९४ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ८ महिला र ९ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की १०,स्याङजा ३ र नवलपरासी पूर्वमा ४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ८०३ पुगेको छ । गण्डकीमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका–३ की ६१ बर्षिय कोरोना संक्रमित महिला रहेकी छन् ।