• बिहिबार, साउन १४ २०८३

खोप लगाएका विद्यार्थी डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने


सोमबार, मंसिर ६ २०७८
605
Shares

काठमाडौं । भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरू डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज पार्दै अर्थतन्त्रलाई चलायमान बनाउने कदमस्वरुप पछिल्लो निर्णय गरेको हो ।

सोमबार प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बरदेखि भिसा पाएका विदेशी नागरिक आफ्नो मुलुकमा प्रवेश गर्न पाउने बताएका हुन् । खोप लगाएका विद्यार्थी,  व्यापारिक भिसा लिएका व्यक्ति र शरणार्थीलाई डिसेम्बर १ देखि अष्ट्रेलिया प्रवेश गर्न दिने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार