• सोमबार, असोज ५ २०८३

सरकारले गर्यो तीन डाक्टरलाई १२औँ तहमा बढुवा


सोमबार, मंसिर ६ २०७८
605
Shares

सरकारले तीन जना डाक्टरलाई १२औँ तहमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा । श्यामसुन्दर यादव, डा। भीमसिंह तिंकरी र डा। गुणराज लोहनीलाई १२औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसअघि गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिले १२औँ तहमा बढुवा हुनका लागि आवेदन माग्दा २१ जनाले आवेदन दिएका थिए ।

यस्तै सरकारले विद्युत् मर्मत र प्रसारण क्षमताको विस्तारका लागि भन्दै विश्व बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

मठमन्दिरमा हुने पशु वधलाई न्यूनीकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार