• बिहिबार, साउन १४ २०८३

आज थप ३ सय ८५ जनामा कोरोना संक्रमण, ४ जनाकाे मृत्यु


सोमबार, मंसिर ६ २०७८
575
Shares

पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २५८ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ भने ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार