• सोमबार, असोज ५ २०८३

हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोली


सोमबार, मंसिर ६ २०७८
810
Shares

नेपाली महिला क्रिकेट टोली आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटमा हङकङसँग ६ विकेटले पराजित भएको छ।नेपालले दिएको १०५ रनको लक्ष्य हङकङले १८ ओभरमै ४ विकेट गुमाएर भेट्टाएको हो। हङकङ १३ बल बाँकी छँदै नेपालविरुद्ध जित निकाल्न सफल भयो ।

हङकङलाई जित दिलाउन मारिको हिलले ४२ बलमा ४४ रन, नतासा माइल्सले १३ बलमा १६ रन, क्यारी चानले २२ बलमा १७ रन, शान्जेन शाजादले ११ बलमा ७ रन, एम्मा लाईले ८ बलमा १३ रन तथा यासमिन दास्वानीले १२ बलमा २ रन बनाए। नेपालले हङकङलाई अतिरिक्त ८ रन दिएको थियो।

१०५ रनको लक्ष्य भेट्टाएको हङकङले १०७ रन बनाउँदै नेपालविरुद्ध जित निकालेको हो।

नेपालका लागि सरिता मगरले ५७ बल खेल्दै सर्वाधिक ४० रनको योगदान गरिन्। त्यस्तै २ बल खेलेकी कविता कुँवर शून्य रनमै आउट हुँदा, काजल श्रेष्ठले २४ बलमा ४ रनमात्र बनाइन्।

इन्दु शर्माले सम्हालिएर ३७ बलमा ३१ रनको पारी खेलिन् भने कप्तान रुविना क्षेत्र १ बलमा २ रन बनाउँदै नटआउट रहिन्। हङकङले नेपाललाई अतिरिक्त २७ रन दिएको थियो।

हङकङको बलिङ तर्फ बेट्टी चानले १ तथा क्यारी चानले १ विकेट खसाले। नेपालको बलिङतर्फ कविता कुँवर, सीता मगर र सबनम राईले समान १÷१ विकेट लिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार