
दमक। बाट प्रहरीले ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।
दमक(नगरपालिका २ का मोहनकुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनीसहित छ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
पक्राउ पर्नेमा पूर्णप्रसाद शिवाकोटी, विनोद श्रेष्ठ, दिल वहादुर श्रेष्ठ, सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका(६ का दुर्गाबहादुर राई रहेका छन्।
आइतबार अपराह्न ४ बजे उनीहरूलाई ३ बुङ तास र नगद १ लाख २० हजार ५०० सहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।