
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ सार्वजनिक भएको छ । युट्युबमार्फत बाहिर आएको फिल्म ट्रेन्डिङमा पर्न सफल भएको छ ।
केही दिनअगाडि सार्वजनिक फिल्म समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको हो । फिल्मलाई युट्युवमा २१ हजारले लाइक र १२ सयले डिसलाइक दिएका छन् ।
२०७५ मा सार्वजनिक प्रदर्शनमा आएको फिल्मले चलचित्र घरमा दर्शक पाउन असफल भएको थियो । युट्युवमा भने फिल्मले राम्रो दर्शक पाउँदै तारिफ समेत पाइरहेको छ ।
युट्युवमा फिल्मको कथाबस्तु र कलाकारको अभिनयको तारिफ धेरैले गरेका छन् भने कतिपयले फिल्मलाई ‘मन छुने’ समेत भनेका छ ।
कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बाल कलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको फिल्म पपुलर मल्टिमिडियाको लागि शक्तिबल्भ घोरासैनीले निर्माण गरेका हुन् ।