• सोमबार, असोज ५ २०८३

माहुरीको टोकाइबाट ३ बालबालिका सहित १२ जना घाइते


सोमबार, मंसिर ६ २०७८
485
Shares

रौतहट । को कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित १२ जना घाइते भएका छन् ।

माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ ।

घाइतेमध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र केहीको निजी अस्पतालमा उपचार भइरहेको पीडित मध्येका राकेश गिरिले रातोपाटीलाई बताएका छन् । केही उपचार पछि निको भैसकेका छन् ।

कटहरिया ५ स्थित एउटा गोठमा युवाहरू तास खेलेर बसिरहेका बेला गोठको पूर्वमा रहेको सिमलको रुखमा रहेको माहुरीको घारमा एउटा चरा ठोक्कएपछि आक्रोशित माहुरीहरूले उनीहरूमाथि आक्रमण गरेका थिए ।

एकै जनालाई सयौँ माहुरीले टोकेकाले केही मानिस अचेतसमेत भएकाले गाउँले उनीहरूलाई अस्पताल सम्म उपचारको लागि पुर्‍याएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार