• सोमबार, असोज ५ २०८३

आँचलसँग आशिषको ‘झ्याई झ्याई पञ्चे बाजा’ सार्वजनिक


सोमबार, मंसिर ६ २०७८
805
Shares

‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीत बजारमा ल्याइसकेका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजा’ काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन् ।

महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र गायक आशिषको अभिनय हेर्न सकिन्छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एक यूवा र नेपालमै रहेर केही गर्नुपर्छ भन्ने केटीको प्रेम कथा देखाइएको छ ।
भिडियोको निर्देशक कविराज गहतराज हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार