• बिहिबार, साउन १४ २०८३

आइतबार २ सय ३८ जनामा कोरोना पुष्टि


आइतबार, मंसिर ५ २०७८
590
Shares

नेपालमा आइतबार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ८ सय ४५ पीसीआर परीक्षणका क्रममा २ सय ३२ जना र १ हजार २ सय ७८ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ३ सय ३३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप ३ सय ७० जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ३ सय ५९ जना संक्रमित निको भएका छन् । हाल ७ हजार १ सय ६४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार