• सोमबार, असोज ५ २०८३

मोटरसाइकल चालकले थाहा पाउनुपर्ने कुरा


आइतबार, मंसिर ५ २०७८
840
Shares

मोटरसाइकल चलाउने चालकले सामान्य कुरामा ध्यान नपु¥याउँदा पनि मोटरसाइकलमा ठूलो क्षति पुग्ने गर्छ । जसले पैसा र समयको नोक्सानी दिन्छ । त्यसैले मोटरसाइकल चलाउँदा लापरवाही गर्नु हुँदैन ।

सामाखुसीमा पछिल्लो १८ वर्षदेखि मोटरसाइकल बनाउँदै आएका ५० वर्षीय शिव आले सामान्यतया मोटरसाइकल चलाउनेको लापरवाहीले नै मोटरसाइकलमा क्षति पुग्ने बताउँछन् । सामान्यतया मोटरसाइकल चलाउँदा धेरै ध्यान दिनुपर्ने कुराहरु निम्नानुसार छन्

मोटरसाइकल बिग्रने मुख्य कारणहरु

मोटरसाइकलमा सामान्य समस्याहरु नियमित आइरहन्छन् । सानो समस्यालाई ख्याल नगर्दा ठूला समस्याहरु निम्तिने सम्भावना हुन्छन् । धेरै मोटरसाइकलमा सामान्यतया देखिइरहने समस्या भनेको मोटरसाइकलको स्टार्ट नहुनु हो । यस्तो समस्या सिर्जना हुनुको मुख्य कारण भनेको चलाउन नजानेको मान्छेलाई चलाउन दिनु हो । यसमा मोटरसाइकल नयाँ छ कि पुरानो, कुन कम्पनीको हो रु नियमित सर्भिसिङ गरेको छ कि छैन रु भन्ने कुराले पनि अर्थ राख्छ।


मोटरसाइकल स्टार्ट नहुने समस्या हुँदा के गर्ने

मोटरसाइकलमा सबैभन्दा धेरै देखिने समस्या भनेको स्टार्ट नहुने समस्या हो । यो समस्या धेरै दिन नचलाई राख्दा पनि निम्तिन सक्छ । धेरै बेर बिना रोकावट मोटरसाइकल चलाइरहँदा इन्जिन धेरै तातेर पनि स्टार्ट नहुने समस्या देखिन सक्छ । मबिल सकियो भने पनि समस्या सिर्जना हुन्छ । मोटरसाइकलको चोक तानेर हिँडेको छ भने पनि एक्सिलेटर बन्द गर्दा स्टार्ट बन्द हुने वा स्टार्ट नहुने समस्या निम्तिन सक्छ । यसबाहेक पनि बाइक लड्दा, इन्जिनमा तेल प्रसार नहुँदा पनि स्टार्ट नहुने वा बन्द हुने समस्या सिर्जना हुन सक्छ ।

यस्तो समस्या हुँदा सबैभन्दा पहिले प्लक चेक गर्नुपर्छ । त्यसपछि तेल पास भएको छ कि छैन भनेर हेर्नुपर्छ । त्यसपछि फायरिङ आएको छ कि छैन त्यो हेर्नुपर्छ । त्यसपछि चाबी बन्द गरेर अन गर्नुपर्छ । ब्याट्रिको अवस्था कस्तो छ रु हेर्नुपर्छ । लामो समय मोटरसाइकल स्टार्ट नगर्दा मुसाले तार काटेर पनि स्टार्ट नभएको हुन सक्छ, त्यो हेर्नुपर्छ । मोटरसाइकल स्टार्ट भएन भने यी विधिबाट स्टार्ट गर्ने उपाय खोज्नुपर्छ ।

मोटरसाइकल चालकले ध्यानदिनुपर्ने कुराहरु के–के हुन्

मोटरसाइकल चालकले सामान्य सम्झिने कतिपय समस्याहरु ठूला समस्याको कारक बन्न सक्छन् । त्यसैले निम्न कुरालाई ध्यान दिनुपर्ने हुन्छ ।

–मोटरसाइकलको कुनै भागको नट खुस्किएको छ भने त्यसलाई मर्मत गरिहाल्ने

–बेलाबेलामा मबिल चेक गर्ने

–सकेसम्म रिजर्भमा नकुदाउने

–कम्तीमा १२०० देखि बढीमा १५०० किलोमिटर कुदेपछि अनिवार्य सर्भिसिङ गर्ने

–हावा, साइडलाइट र मोटरसाइकलको आन्तरिक सिस्टमको निगरानी गरिराख्ने ।

–अलिकति धुवाँ फाल्यो भने किन फाल्यो भनेर वर्कसपमा गएर चेक गराउने

–सामान्यभन्दा भिन्न आवाज आयो भने वर्कसपमा गएर चेक गराइहाल्ने गर्नुपर्छ ।

मोबिल फर्ने बेला भए(नभएको कसरी थाहा पाउने )

मोबिल फेर्ने बेला भए नभएको हामीले सजिलै थाहा पाउन सकिन्छ । एउटा त ५÷७ दिनको अन्तरालमा कति मोबिल घटेको छ रु भन्ने आधारमा यो यकिन गर्न सकिन्छ । अर्को मोबिल कति पातलो र बाक्लो छ, कालो छ कि छैन भन्ने कुराले पनि अर्थ राख्छ । जस्तो मबिल धेरै कालो भएको छ भने त्यो फेर्ने बेला भयो भन्ने हुन्छ । यो इन्जिन बिग्रिएको संकेत पनि हो । तर कहिलेकाहीँ भने नजानेको मान्छेलाई मोटरसाइकल चलाउन दियो भने आधा घण्टामै मोबिल सकिने गरी चलाउन पनि सक्छन् । माथि उल्लेखित शर्त भने नियमित चलाउने चालकको हकमा लागु हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार