
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९।०८ रुपैयाँ र खरिद दर ११८।४८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको भाउ कायम गरेको हो ।
यस्तै, आज एक यूरोको बिक्री दर १३४।४२ र खरिद दर १३३।७४ रुपैयाँ कायम छ भने पाउण्डको बिक्री दर १५९।७१ र खरिद दर १५८।९१ रुपैयाँ कायम छ । एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७।४३ र खरिद दर ८६।९९ रुपैयाँ छ ।
यस्तै, १० जापानी येनको बिक्री दर १०।४६ र खरिद दर १०।४१ रुपैयाँ, चिनियाँ युवानको बिक्री दर १८।६४ र खरिद दर १८।५४ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्री दर ३१।७५ र खरिद दर ३१।५९ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२।५५ रुपैयाँ र खरिद दर ३२।३८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२।४२ र खरिद दर ३२।२६ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्री दर २८।४६ र खरिद दर २८।३२ रुपैयाँ छ । यसैगरी, १०० दक्षिण कोरियनको बिक्री दर १०।०३ र खरिद दर ९।९८ रुपैयाँ तोकिएको बैंकले बताएको छ ।