• सोमबार, असोज ५ २०८३

चितुवाको छालासहित ४ पुरुष पक्राउ


आइतबार, मंसिर ५ २०७८
565
Shares

चितुवाको छालासहित सुर्खेतबाट चार पुरुष पक्राउ परेका छन्। शनिबार चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको हो।

अछामको पञ्चदेवल नगरपालिका–८ का ३५ वर्षीय कमल शाही, २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाही पक्राउ परेका छन्।


बराहताल गाउँपालिका–५ बड्डीचौर बजारमा रहेको प्रेम होटलमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार