• बिहिबार, साउन १४ २०८३

भक्तपुरमा निःशुल्क १३ सय जनाको उपचार


आइतबार, मंसिर ५ २०७८
1.5K
Shares

काठमाडौं।को सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको मध्यपुरठिमी नगरपालिका ८ बोडेमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले बोडे माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो।

शिविरमा १ हजार ३ सय १७ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए।

दाहालका अनुसार शिविरमा २०३ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १६४ जनाको मुटुको जाँच ९इसिजी० गरिएको छ ।त्यस्तै, दाँतमा समस्या भएका २२ जना बिरामीको दाँत खोलिएको छ। शिविरमा उपचार सम्भव नभएका ४३ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार