• सोमबार, असोज ५ २०८३

केबलकार चढेर मनकामना जाने भक्तजनको सङ्ख्या बढ्दै


आइतबार, मंसिर ५ २०७८
690
Shares

गोरखा । शहिद लखन गाउँपालिकास्थित मनकामनामा केबलकार चढेर मनकामना जाने भक्तजनहरुको सङ्ख्या बढ्दै गएको छ ।

कोरोना भाइरसका कारण लामो समय सम्म बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने भक्तजन बढ्दै गएका उनले बताए ।

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए। उनँका अनुसार शनिबार एकैदिन नौ हजार बढी भक्तजनहरुले मन्दिरको दर्शन गरेका छन् ।

यसैबीच शनिबार मात्र छ हजारभन्दा बढी े भक्तजन मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताए । उनँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन ६ हजार ७०० जनाले चढेको पहिलोपटक हो ।

कोरोना महामारीअघि दैनिक ४ हजार ५०० भन्दा बढी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी सङ्ख्यामाभक्तजनहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार