• सोमबार, असोज ५ २०८३

राेटरी पदयात्रा: मनकामनादेखि गोरखकालीसम्म (१० फोटाेसहित)


आइतबार, मंसिर ५ २०७८
730
Shares

गोरखा । राेटरी क्लब अफ गोरखाले मनकामनादेखि गोरखकाली मन्दिरसम्म दुई दिने पदयात्रा सम्पन्न गरेकाे छ । पर्यटन प्रवद्र्धनका साथै पदयात्राकाे जगेर्नाका लागि भन्दै क्लबले गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामनादेखि गोरखकाली मन्दिरसम्मका पदयात्रा गरेकाे हाे ।

‘गोरखाको विकासमा पर्यटकको हात, पर्यटन प्रवर्द्धनमा रोटरी गोरखाको साथ’ भन्ने नारासहित यसअघिका बर्ष झै याे बर्षसमेत पदयात्रा गरिएकाे क्लबका अध्यक्ष बिशाल रानाले जानकारी दिए । शुक्रबार विहान मनकामना मन्दिरमा कार्यक्रम उद्घाटन गरी पदयात्रा सुरु गरिएको हो ।

मनकामनाबाट सुरु भएको पदयात्रा सिद्ध लखन थापा, बक्रेश्वरी हुदै पहिलो दिन पदयात्रीहरु शहिदलखन गाउँपालिकाकाे कोटथोकमा बास बसेका थिए । शनिबार कोटथोकबाट गोरखाकाली मन्दिरमा आएर पदयात्रा सकिएको हो । पदयात्रामा रोटरी क्लब अफ गोरखा र राेटर्याक्ट क्लब अफ गोरखामा आवद्ध २२ जना सहभागि थिए ।

हेर्नुस तस्विरहरु

तस्विर : फेसबुक / बिशाल राना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार