• बिहिबार, साउन १४ २०८३

शनिबार २ सय ४२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


शनिबार, मंसिर ४ २०७८
860
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७३०३ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ७१ र ललितपुरमा २८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार