• सोमबार, असोज ५ २०८३

स्काउटमा तीन लाख विद्यार्थी पुर्‍याउने लक्ष्य


शनिबार, मंसिर ४ २०७८
2.1K
Shares

नेपाल स्काउटले मुलुकभर तीन लाख विद्यार्थीलाई समेट्ने लक्ष्यका साथ अभियान थालेको छ। मुलुक संघीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले मुलुकका सबै (७५३ वटै) स्थानीय तहमा संरचना निर्माण गरिसकेको जनाएको छ। स्काउट गतिविधिलाई थप चलायमान बनाउन संरचना विस्तार गर्ने क्रममा आज स्थानीय स्काउट कार्यालय काठमाडौँले यहाँ ‘प्रधानाध्यापक गोष्ठी’ गरेको छ।

हरेक स्कुलमा स्काउटको संरचना निर्माण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गरिएको र यो अभियान मुलुकभर नै जारी रहेको वाग्मती प्रदेश सदस्य शिवराम अर्यालले जानकारी दिए। हाल नेपालमा ६५ हजार विद्यार्थी स्काउटमा आवद्ध छन्। उनका अनुसार काठमाडौँ महानगरपालिकाका ५९ सरकारी उच्च माध्यमिक विद्यालयमध्ये १३ वटामा स्काउट रहेकामा अब सबै विद्यालयलाई समेट्ने गरी उक्त भेला गरिएको हो। 

सन् १९०७ मा २० जनालाई लिएर बेलायतबाट लर्ड वेडेन पावेलले स्काउट स्थापना गरेका थिए। नेपालमा सन् १९५२ (विसं २००९) मा स्काउट शुरु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार